नेकपा एमाले कर्णाली प्रदेशसभाका सांसद छलफलमा जुटेका छन्। आफ्ना चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमाले छलफलमा जुटेको हो।
प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका हुन्।
एमालेकै सांसद देवी ओलीले मुख्यमन्त्रीलाई दिएको विश्वासको मत पछि सच्याएकी थिइन्।
फ्लोर क्रस गरेका सांसदको विषयमा के गर्ने भन्ने निर्णय गर्न एमले संसदीय दलको बैठक बसेको हो। एक सांसदले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई कारवाहीको सिफारिस गर्ने बताएका छन्।
पार्टीको ह्वीप उल्लंघन गर्दै सरकारलाई विश्वासको मत दिएकाले कारबाही गर्न लागिएको एमाले श्रोतले बताएको छ।