नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङका कारण नेपालले त्रिकोणात्मक टी–२० सिरिजमा शानदार जीत हासिल गरेको छ।
टी–२० अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका कुशल र आसिफले अर्धशतक र पहिलो विकेटका लागि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान बनाएपछि नेपालले पाहुना टोली नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको हो।
त्रिवि क्रिकेट मैदानमा डच टोलीले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि कुशल र आसिफले आक्रामक सुरुवात गरे।
कुशलले आसिफसँग पहिलो विकेटका लागि १ सय १६ रनको साझेदारी गरे। यो टी–२० अन्तर्राष्ट्रियमा नेपालले पहिलो विकेटका लागि गरेको सर्वाधिक रनको साझेदारी हो।
यसअघि १३औं सागमा पारस खड्का र ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध १०८ रनको साझेदारी गरेका थिए। टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रनको साझेदारी पारस खड्का र आरिफ शेखले २०१९ मा सिंगापुरविरुद्ध गरेका थिए।
१३औं ओभरको चौथो बलमा आउट भएका उनले ५ चौका र ५ छक्काको मदतमा ६२ रन बनाए।
उनी आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ल आए। उनसँग मिलेर नेपाललाई जिताउनु अघि आरिफले पनि अर्धशतक पुरा गरे। ३६ बलमा अर्धशतक पुरा गरेका उनी ५४ रनमा अविजित रहे। ज्ञानेन्द्र मल्ल पनि १३ रनमा नटआउट रहे।
त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाललाई नेदरल्याण्ड्सले नेपाललाई १ सय ३७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको डच टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको हो।
नेदरल्याण्ड्सको शुरुवात राम्रो थिएन। दोस्रो ओभरको छैटौं बलमा सन्दीप लामिछाने म्याक्स ओ डोडलाई एलबीडब्लू धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाए।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आए बेन कुपरलाई खाता खोल्न नदिई सोमपाल कामीले आउट गरे। तर, १२ रन जोड्दा २ विकेट गुमाएको डच टोलीको पारी स्कट एडवार्ड्स र बास डे लिडले सम्हाले।
र, दुवैले तेस्रो विकेटका लागि ६१ रनको साझेदारी गरे। १४औं ओभरको पाँचौ बलमा डेब्युटान्ट शाहब आलमले एडवार्ड्सको विकेट लिए।
१७औं ओभरको अन्तिम बलमा सन्दीपले बास डे लिडलाई कुशल भुर्तेलको हातबाट क्याचआउट गराए। शाह आलमले नेदरल्याण्ड्सका सक्ट एडवार्ड्सलाई आरिफ शेखको हातबाट क्याचआउट गराए।
आरिफको यो डेब्यु विकेट हो। एडवार्ड्सले ३१ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ३० रन बनाए। त्यसपछि कप्तान पिटर सिला र अन्टोनिओस स्टलले पाँचौ विकेटका लागि अविजित ३७ रनको साझेदारी गरे। सिलार २२ र स्टल २० रनमा अविजित रहे।
बलिङमा नेपालका लागि सन्दीप लामिछाने ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। सोमपाल कामीले ४ ओभरमा १३ रन मात्र खर्चेर १ विकेट तथा स्पिनर शाहब आलमले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए। करण केसीले ४ ओभरमा २२ र अविनाश बोहराले ४ ओभरमा २५ रन खर्चिएर विकेट लिन सकेनन्।