गृहमन्त्री रामबहादुर थापा पदमुक्त भएका छन्। राष्ट्रियसभा सचिवालयले आइतबारको राष्ट्रियसभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो।
नेकपा एमालेमा प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले थापालाई कारबाही गरेको हो। गत चैत २७ गते नै माओवादीले थापालाई कारबाही गरिएको जानकारी गराएको थियो।
राष्ट्रिय सभा सचिवालयले आइतबार सूचना जारी गरेको हो। साथै थापाको पद खारेज भएको जानकारी पनि आजै दिएको हो।