रामबहादुर थापा पुनः गृहमन्त्री बन्ने भएका छन्। आइतबार साँझ नै गृहमन्त्रीको शपथ लिने भएका हुन्। राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पद पदमुक्त भएका थिए।
लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले थापाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन्।
थापाले साँझ ५ बजे राष्ट्रपति भवनमा गृहमन्त्री पदकाे शपथग्रहण गर्ने तय भएको छ।