राष्ट्रिय सभा सदस्यबाट आज पदमुक्त भएका रामबहादुर थापाको ठाउँमा उपनिर्वाचन गर्नुपर्ने भएको छ।
‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको पैतीस दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ’ राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ६१ मा भनिएको छ।
थापा नेकपा माओवादी केन्द्रबाट ०७४ को निर्वाचनमा बागमती प्रदेशबाट सदस्य निर्वाचित भएका थिए। तर उनलाई आज अपरान्ह ५ बजे गृहमन्त्रीमा पुनःसपथ खुवाउने कार्यक्रम छ।
थापा नेकपा एमालेको केन्द्रीय सदस्य भएका थिए। उनलाई प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ मा केन्द्रीय सदस्य बनाएका थिए।