काठमाडौं – सरकारले कोरोना भाइरस प्रभावित क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले सोबार गरेको निर्णयअनुसार बैसाख मसान्तसम्ममा विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गर्नुपर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।