संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य हुने भएको छ। सोमबार बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए। सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने र बोलाउने प्रचलन छ।
फागुन २३ देखि हिउँदे अधिवेशन शुरु भए पनि सरकारले विजनेश नदिएको भन्दै प्रभावकारी ढंगले संसद अगाडि बढ्न नसकेको गुनासो थियो।