सरकारले कोरोना महामारी थप फैलन नदिन विद्यालय, रंगशाला, यातायात क्षेत्र, रेष्टुरेन्टलगायतमा भिडभाड हुने क्षेत्रहरूमा कडाइ गर्ने भएको छ। सोमबार बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले कोरोनाको दोस्रो लहर आएकोले नियन्त्रणका लागि विस्तृत आदेश जारी गर्ने निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले विद्यालय बन्द गर्न नभई अनलाइनबाट पठनपाठन निरन्तर गरिने बताए। त्यस्तै यातायातमा हुने भिड पनि कम गरिने उनले बताए। स्वास्थ्य मापदण्डलाइ कडाइ गर्ने उनको भनाई छ। भिडभाड हुने क्षेत्र वैशाखभर नियन्त्रण गर्न लागिएको छ।