नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक मंगलबार दिउँसो एक बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने भएको हो।
आजको बैठकमा संसद अधिवेशन अन्त्यपछिको अवस्था र पार्टीको सांगठनिक गतिविधिका छलफल हुने बताइएको छ। त्यस्तै समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले हठात अधिवेशन अन्त्य भएको पत्र सभामुख अग्नि सापकोटालाई पठाएकी थिइन्।