नेपाल कम्युनिष्ट पार्टी एमालेले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। पार्टी हित विपरीत गतिविधिमा संलग्न भएको आराेप लगाउँदै अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्षले २७ सांसदलाई स्पष्टीकरण सोध्न लागिएको हो।
स्पष्टीकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिने बताइएको छ। स्पष्टीकरण सोध्न तयार पारिएको नेताहरुको सूचीमा नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे छन्।
त्यसैगरी, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने र रामकुमारी झाक्रीलाई पनि स्पष्टीकरण साेध्ने तयारी बालुवाटारले गरेकाे छ।
चित्तबुझ्दो जवाफ नआए निश्कासनसमेत गर्ने तयारीमा प्रधानमन्त्री केपी ओलीकाे समूह रहेकाे छ।