सुर्खेतबाट निर्वाचित सांसद हुन्, ध्रुव शाही। नेकपा एमालेमा उनी माधव कुमार नेपाल निकट थिए। तर, अहिले भने उनले खेमा परिवर्तन गरेका छन्।
नेता माधव कुमार नेपाल पार्टी फुटाउन लागिपरेको आरोप लगाउदैँ उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको साथ दिने बताएका छन्। ‘‘पार्टीभित्रको अन्र्तसघंर्षमा मैले साथ दिएको हो,’’ सांसद शाहीले भने – ‘‘तर, अहिले माधव कुमार नेपाल पार्टी फुटाउने गतिविधी गर्दै हिड्न थाल्नुभएको छ।’’
पार्टि फुटाउने कार्यमा संलग्न हुन नसक्ने भन्दै उनले आफुँ पार्टीको मुलधारको साथमा रहेको स्पष्टोक्ति दिए। नेता नेपालले आफुँलाई बोलाएर अर्को पार्टी बनाउनुपर्ने भयो भनेको समेत सांसद शाहीले दावी गरे।