नक्कली पिसिआर रिपोर्ट भएको आशंकामा १ सय ३६ जना विमानस्थलबाट फर्किएका छन्। बुधबार विमानस्थल पुगेका उनीहरुलाई अध्यागमन विभागले सिनामंगलस्थित सूरिया हेल्थ केयरमा नक्कली पिसिआर रिपोर्ट बनाएको आशंकामा फर्काएको हो।
यसरी फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेको बताइएको छ। सूरिया हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले मंगलबार छापा मारेको थियो। विदेश जानेहरूलाई ९ हजार रुपैयाँ लिएर पिसिआर रिपोर्ट नक्कली बनाएको आरोपमा सूरियामा छापा मारिएको थियो।