प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सम्पन्न भएको छ। ओली र नेपालबीच बुधबार साँझ नक्सालस्थित होटल मेरियटमा झण्डै २ घण्टा छलफल भएको हो।
प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडका अनुसार वार्तामा ‘केही’ सकारात्मक कुराकानी भएको छ।
‘छलफल सकियो, दुवै जना (केपी ओली र माधवकुमार नेपाल) प्रफुल्ल मुद्रामा निस्किनुभयो,’ आर्थिक सल्लाहकार दुगडले भने, ‘दुवै जना तनावरहित मुद्रामा बाहिर निस्किनु भयो।’
दुगडले वार्ता सकारात्मक रहेको बताए। सरकारको नेतृत्व गरिरहेको एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपालबीच भेट भएको हो।