प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासनहिनसँग सम्झौता गर्न नसकिने बताएका छन्। बल्खुमा आज पार्टी कार्यालय भवनको शिलान्यास गर्ने क्रममा उनले पार्टीलाई अनुशासित बनाउनुपर्नेमा जोड दिएका हुन्।
अध्यक्ष ओलीले पार्टीभित्र भइरहेको गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताए। ‘‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ,’’ उनले भने – ‘‘यसलाई कमजोरी ठानिन्छ भने र गुटको आधारमा गतिविधि गर्न खोजिन्छ भने त्यो अब सम्भव छैन।’’ अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेको उनले बताए।
माधव–झलनाथ समूहका नेताहरुलाई लक्षित गर्दै उनले अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गरे । ओलीले भने, ओलीले माधव–झलनाथ समूहका नेताहरुलाई एक्लाएक्लै छलफल गर्दै आएका छन् । बुधबार साँझ मात्रै ओलीले नेता माधव नेपालसँग छलफल गरेका थिए ।