अन्ततः सलमान खानका फ्यानहरुको प्रतिक्षा सकिएको छ। किनभने, सलमानको मस्ट वान्टेड फिल्म राधे (योर मस्ट वान्टेड भाई) को ट्रेलर बिहिबार रिलिज भएको छ । ट्रेलरको प्रीमियर बिहान ११ बजे यूट्यूबमा गरियो, जसलाई हेर्नका लागि सलमानका फ्यानहरु व्यग्रताका साथ कुरीरहेका थिए। प्रिमियरपछि सलमानले ट्रेलर सोशल मीडिया एकाउंट्सबाट पनि शेयर गरे।
राधे सलमान खानको अदांजकै एक्शन ड्रामा फिल्म हो। जसमा उनी एकपटक फेरी अंडरकवर पुलिस राधेको भुमिका निर्वाह गरिरहेका छन्। राधे यसपटक ड्रग माफियाको सफाया गर्नेछन्।
रणदीप हुड्डा फिल्ममा खलनायकको भुमिकामा हुनेछन्। दिशा पाटनीको नाम दिया हो र फिल्ममा राधेसँग उनको लव स्टोरी देखाइएको छ। रियल लाइफमा टाइगर श्रॉफकी नजिक रहेकी दिशा राधेमा जैकी श्रॉफकी बहिनी हुन्, जो आफैँ पुलिस अफिसर हुन्।
फिल्मको निर्देशन प्रभु देवाले गरेका छन्, जसको साथमा सलमानको यो तेश्रो फिल्म हो। वॉन्टेडबाट पहिलो पटक सलमान र प्रभुको सहकार्य शुरु भएको थियो। त्यसपछि प्रभु देवाले दबंग ३ निर्देशन गरे। यदि राधेको दृष्टिबाट हेर्ने हो भने फिल्म वान्टेडको सिक्वेल हो। त्यहि पात्रको साथमा प्रभु देवाले यसपटक ड्रग्सबिरुद्द नारकोटिक्स विभागको लडाईलाई कथको आधार बनाएका छन्।
यो फिल्म २०२१ को ‘मस्ट अवेटेड’ फिल्महरुको सुचिमा पर्छ। सलमानले फिल्मलाई यसवर्ष ईदामा रिलिज गर्ने वाचा गरेका थिए, जुन उनले पुरा गर्दैछन्। फिलम १३ मेको दिन सिनेमा हलहरुमा रिलिज हुनेछ। तर, कोरोनाभाइरस महामारीका कारण फिल्मलाई डिजिटल प्लेटफर्महरु जी५, जीप्लेक्स र डीटीएच प्लेटफर्ममा पनि रिलिज गरिने भएको छ। । यद्दपी, डिजिटल प्लेटफर्ममा फिलम निशुल्क हेर्न पाईने छैन।