नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री समेत रहेका ओली र वरिष्ठ नेपालबीच बिहीबार मेरियट होटलमा डेढ घण्टा कुराकानी भएको हो।
डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो। ओली र नेपालले संवादको श्रृंखलालाई आज पनि निरन्तरता दिएका हुन्।
प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडका अनुसार छलफलमा अनौपचारिक कुराकानी भएको छ। यद्यपि, दुवैजना आ–आफ्नै अडानमा कायमै रहेका छन्। ओलीले ‘वार्ता कायमै राखौं’ भनेको श्रोतले बताएको छ।
भेटवार्ताकै क्रममा दुई नेताले कोठाको झ्यालबाट धरहरा नियालिरहेको तस्वीर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका छन्।