नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ। बैठक शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आएको माधव नेपाल पक्षसँग एक्लाएक्लै छलफल गरेपछि बोलाइएको महाधिवेशन आयोजक समितिको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ।
आजको बैठकबाट ओलीले नेपाल पक्षका केही नेताहरुलाई कारबाहीको निर्णय गर्न सक्ने अनुमान छ। यसअघि वैशाख ६ गते बसेको महाधिवेशन आयोजक समितिको बैठक नेपाल पक्षले बहिस्कार गरेको थियो।
सो बैठकले नेपाल पक्षका २७ सांसदहरूलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।