पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ८ हजार ७ सय ९८ पीसीआर परीक्षणबाट २ हजार ४ सय ४९ र ८ सय ६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित रहेका छन्। योसँगै कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५५ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन्।
यस्तै बाँकेमा ३५४ , रुपन्देहीमा २२१, सुर्खेतमा ९१, दाङमा ७९, मोरङमा ७४, कैलालीमा ७२, कास्कीमा ६७, पर्सामा ६२, बर्दियामा ३९, पाल्पामा ३२, धनुषामा ३१ र मकवानपुरमा ३० जना संक्रमित भेटिएका छन्।
चितवनमा २७, काभ्रेपलाञ्चोक र कञ्चनपुरमा २२र२२, बारामा २१, नवलपरासी पश्चिममा १७, कपिलवस्तुमा १५, महोत्तरी र गुल्मीमा १४–१४, रौतहट र अर्घाखाँचीमा १३–१३ जना, नुवाकोटमा १२, सुनसरी र वाग्लुङमा ११र११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा संक्रमित भएकामध्ये ९ वर्ष मुनिका ५४ जना बालबालिका र १० देखि १९ वर्ष मुनिका १ सय ९९ जना रहेका छन्।