काठमाडौंमा जारी ट्राई नेसन्स टि–ट्वान्टी सिरिजको फाईनल खेल आज हुदैछ। नेपाल, नेदरल्याण्डस र मलेसिया सम्मिललित सिरिजअन्र्तगत फाइनलमा नेपाल र नेदरल्याण्ड्स भिड्न लागेका छन्। खेल टियू मैदानमा दिउसो सवा १ बजेदेखी शुरु हुनेछ।
सिरिजमा नेपाल ४ खेलमा ३ जित र १ हारको साथमा ६ अंकसहित अकंतालिकाको शिर्षमा रहदै फाईनल पुगेको हो भने ४ खेलमा २ जित १ हार १ बराबरीसहित ५ अंकको साथमा नेदरल्याण्ड्सले फाईनलको यात्रा तय गरेको हो। समान ४ खेल खेलेको मलेसिया भने ३ वटा हार र १ बराबरीसहित १ अंकमात्र बटुल्न सफल भयो।
कसको पलडा भारी?
यो सिरिजको कुरा गर्ने हो भने यि दुई टिम २ खेलमा आमनेसामने भए। जसमा पहिलो खेल नेपालले जित्यो भने दोश्रो खेल नेदरल्याण्ड्सले।
पहिलो खेलमा ९ विकेटको फराकीलो जित निकालेको नेपालले दोश्रो खेलमा पनि उत्कृष्ट खेल देखायो। पहिले व्याटिङ गरेको नेपालले २ सय माथिको लक्ष्य दिएर नेदरल्याण्ड्सलाई राम्रो चुनौती दियो। तर, अन्तिम ओभरहरुमा कसिलो बलिङ गर्न नसक्दा नेदरल्याण्ड्सले खेलको नतिजा आफ्नो पक्षमा पार्यो।
यी दुई खेलको नतिजा हेर्दा नेदरल्याण्ड्सको तुलनामा अलि बलियो देखिन्छ नेपाल। होमग्राउण्ड भएकाले पनि नेपालको मनोबल उच्च नै देखिनेछ।
उता नेदरल्याण्ड्स पनि कमजोर भने छैन्। दोश्रो खेलमा २ सय ७ रनको लक्ष्य ३ बल र ३ विकेट बाँकी हुँदै जितेर आफ्नो ब्याट्सम्यानहरुको खुबी देखाईसकेको छ। फिल्डिङ र बलिङ अट्याक पनि नेदरल्याण्डको बलियो नै छ। त्यसैले नेपालको लागि यो फाइनल सहज भने हुने छैन्।
नेपालको ब्याटिङ, बलिङ र फिल्डिङ पनि उत्कृष्ट लयमा भएकाले नेदरल्याण्ड्स पनि बलियो तयारीको साथमा नै मैदानमा उत्रनु पर्नेछ ।
पछिल्लो ५ खेलको नतिजा?
२०१५ जुलाई यता नेपाल र नेदरल्या्डसविच भएका ५ खेलको नतिजाले पनि नेपाललाई नै बलियो देखाउछ। किनभने नेपालले ती ५ खेलमध्ये ३ वटामा जित निकालेको छ। नेदरल्याण्डसले भने एउटा मात्र खेल (यहि सिरिजको दोश्रो) जितेको छ। एउटा खेलको नतिजा भने वर्र्षाको कारण निस्कन सकेन।
यि खेलाडी बन्न सक्छन फाइनलका हिरो
हुन् त दुबै टोलीका प्रायजसो सबै खेलाडी लयमा नै देखिन्छन्। यसका बावजुद पनि केहि खेलाडीहरुमाथि भने आज विशेष नजर रहनेछ।
व्याटिङतर्फ नेपालका रन मशिन कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लमाथि विशेष नजर रहनेछ। भने दिपेन्द्र सिंह ऐरी, आसिफ शेष र करन केसीमाथि पनि नजर रहनेछ। उता नेदरल्याण्ड्सका व्याट्सम्यान बेन कुपर र म्याक्स ओ दाउद आजको खेलमा गेमचेञ्जर बन्न सक्छन्।
बलिङ्तर्फ नेपालका स्टार लेगस्पिनर सन्दिप लामीछाने र करन केसीमाथि विशेष नजर रहनेछ भने नेदरल्याण्डसका पिटर सिलार र बास दि लिडे नेपालका लागि घातक बन्न सक्छन्।