काठमाडौंमा कम्तीमा ४ साता लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेकोले मन्त्रालयले लकडाउन गर्न सिफारिस गरेको हो।
मन्त्रालयको सुझावमाथि कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को दिउँसो ४ बजे बस्ने बैठकमा छलफल गरिनेछ। नेपालमा संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको र भारतमा अवस्था भयावह भईसकेकाले काठमाडौं उपत्यकामा लकडाउन गर्न सीसीएमसीमा सुझाव पठाईएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ सुनेपछि आवश्यक निर्णय लिने सक्नेछन्। उनले लकडाउन गर्नेबारे निर्णय लिन सक्ने सम्भावना उच्च रहेको सरोकारवाला बताउछन्।