पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। छोरी प्रेरणा शाहसहित शाह दम्पती आज दिउँसो १ बजे अस्पतालमा भर्ना भएका हुन्।
अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाका अनुसार कोभिड–१९ को उपचारका लागि शाह दम्पती र प्रेरणा अस्पताल भर्ना भएका हुन्।
केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलमा कोरोना सङ्क्रमण देखिएको थियो।
कर्पोरेट कम्युनिकेशन बाँस्तोलाले शाह परिवारका तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।