जेरुसेलममा फलस्तीनि र इजरायलिविच हिंसा भड्किदा संघर्ष बढेको छ। पछिल्लो एक महिना शान्त रहेको गाजापट्टीमा फेरी विस्फोटका आवाजहरु सुनिन थालेका छन्।
फलस्तीनी उग्रवादिहरुले इजरायलमा शनिवार राती तीन दर्जनभन्दा बढी रकेट प्रहार गरे। इजरायलले पनि जवाफी हमला गरेको छ। सेनाक अनुसार हाल गाजापट्टीमा कुनै सुरक्षा निषेद लगाईने छैन्। विशेषगरी जेरुशेलममा रमजानको महिनामा तनाव बढ्ने गर्दछ।
फलस्तीनी र इजरायली आमने–सामने
शुक्रवार तनाव बढेका कारण दमिश्क गेटमा फलस्तीनी र इजरायली आमने–सामने भए। दुबै विच संघर्ष शुरु भयो। यसमा प्रहरीले बल समेत प्रयोग गर्नुपर्यो। पछि फलस्तीनिहरुले प्रहरीमाथी पनि ढुङ्गामुडा र हमला गरे। यहि हिसां अन्य क्षेत्रमा पनि फैलिएको छ। बमबारीहरु पनि शुरु भयो। यता गाजापट्टीमा पनि विष्फोटहरु शुरु भइसक्यो।
इजरायली विमानहरुले पनि गरे हमला
रातभरमा फलस्तीन उग्रवादिले इजरायलमाथि लगभग ३६ट वटा रकेट प्रहार गरे। सेनाकाा अनुसार इजरायली विमानहरुले पनि जवाफमा हमासको रकेट लंचरमाथि हमला गरे। इजरायलका अनुसार रकेटबमे हमलामा मानविय क्षती भएको छैन्। ६ वटा रकेट निस्तेज पारीयो भने अन्य खाली जमिनमा खसे।