पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, थप २८ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २९२ पीसीआर परीक्षणमा ३ हजार ३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ४५० जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको छ।