कोरोना भाइरस नियन्त्रणको विषयमा छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ। दिनप्रतिदिन बढ्दै गएको कोरोना कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा सिडिओहरूले बैठक गर्न लागेका हुन्।
कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन्।
यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन्।