सरकारको निर्णय अटेर गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोरोना संक्रमण तिव्र रुपमा फैलन थालेपछी सरकारले सप्तरी सदरमुकाम राजविराजका विद्यालयहरु बन्द गर्ने निर्णय गर्दै सोहीअनुरुप निर्देशन दिएको थियो।
वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन अटेर गर्दै विद्यालय सञ्चालन गर्ने विद्यालयका सञ्चालकहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। बारम्बार ताकेता र सम्झाई–बुझाई गर्दा पनि अटेर गरेपछि वाध्य भएर नियन्त्रणमा लिनुपरेको प्रहरीले बतायो।
उनीहरुलाइ्र्र अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनीहरुविरुद्ध कस्तो कदम चाल्ने भन्ने विषयमा आजै हुने बैठकले निर्णय गर्ने सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए।