झापाको बुद्धशान्ति गाउँपालिकाबाट एक महिला छोरासहित फरार भएकी छिन्। बुद्धशान्ति–३ बाट सिर्जना राई बेपत्ता भएकी हुन्। पारिवारिक श्रोतका अनुसार राई चैत २ गतेदेखि ६ वर्षका छोरासहित सिर्जना बेपत्ता भएकी हुन्। सिर्जनाको माइतीघर ताप्लेजुङको सिदिङवा गाउँपालिका, सुरुम्खिम हो।
उनले सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनका वसन्त लिम्बुसँग विवाह गरेकी थिइन्। वसन्त वैदेशिक रोजगारीका लागि मलेशिया गएका छन्।
सिर्जनालाई मलेशियामा रहेका वसन्तले ६ लाख रुपैयाँभन्दा बढी रकम पठाएका छन्। साथै वसन्तले बुद्धशान्ति गाउँपालिकामा जग्गा किनेका छन्।
‘जग्गा पनि सिर्जनाकै नाममा पास गरिएको छ, पैसा पनि घर खर्च र बचतका लागि पठाएको हो,’ परिवारका एक सदस्यले भने, ‘तर, सबै रकम लिएर सिर्जना फरार भएकी हुन्।’
सिर्जनाका पति वसन्तले छोराको पढाई रोकिएको हुँदाले तत्काल फिर्ता गर्न आग्रह गरेका छन्। ‘सिर्जना कहाँ छिन्, के गर्छिन्, उनको खुशी हो, तर छोराको पढाईमा बाधा पुगिरहेको छ, तत्काल घर फिर्ता गरिदिन मेरो अनुरोध छ,’ वसन्तले भने।
यसैबीच, सिर्जनाले पाल्पाका ऋतिक थापा नामका व्यक्तिको नामबाट सम्पर्कमा भएको परिवारका सदस्यले बताएका छन्। उनीहरू भारतमा रहेको परिवार र प्रहरीको आशंका छ।
परिवारका सदस्यले सिर्जनाको खोजीका लागि झापाको धुलाबारीस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।