कोरोनाभाइरस संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ। काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच साेमबार बसेको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको हो।
निषेधाज्ञामा के खोल्ने के नखोल्ने भन्ने मापदण्ड बनाइन्छ। अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन्। एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी बाहेक सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ।
अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिने छ। खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ। होटल/रेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउने छन्।
सरकारी कार्यालय खुल्नेछन्। बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर वास्थ्यको मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने छ।