सलमान खानको ‘बिग बजेट’ फिल्म ‘राधे’ (योर मस्ट वान्टेड भाई’को ट्रेलरपछि आज फिल्मको पहिले गीत ’सिटी मार’ रिलीज भएको छ। ‘सिटी मार’ डान्सिङ नम्बर’हो जसमा सलमान र दिशा पाटनी जबरदस्त ‘डान्स’ गरिरहेको देखिनेछन्।
यो गीतमा कमाल खान र यूलिया वन्तूरले आवाज दिएका छन् र शब्बीर अहमदले गीत लेखेका हुन्। म्यूजिक रकस्टार संगीतकार देवी श्री प्रसाद (डीएसपी) ले यो गीत कम्पोज गरेका हुन्, जसले यसअघि सलमानसँग सेन्सेशनल हिट ‘ढिन्का चिका’मा काम गरेका थिए। यो गीतलाई जाननीले कोरियोग्राफि गरेका हुन्।
सलमान खानको साथमा यो फिल्ममा दिशा पटानी, रणदीप हुड्डा र जैकी श्रॉफ पनि महत्वपूर्ण भूमिकामा देखिेछन्। ‘राधे’ लाई सलमान खान फिल्म्सले जी स्टूडियोसँग मिलेर र्मिाण गरेको हो। सलमान खान, सोहेल खान र रील लाइफ प्रोडक्शन प्राइवेट लिमिटेडद्वारा निर्मित यो फिल्मयहि वर्ष ईदको मौका पारेर १३ मे मा रिलीज हुनेछ।