मंगलबार रातिबाट युईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलका खेल शुरु हुँदैन। च्याम्पियन्स लिग २०२०–२१ को सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिड, इंग्लिस क्लबहरु म्यानचेस्टर सिटी र चेल्सी तथा फ्रेन्च क्लब पिएसजीले स्थान बनाएका छन्।
सेमिफाइनलको पहिलो लेगका खेलहरु नेपाली समयअनुसार मंगलबार राति र बुधबार राति १२ः४५ बजे हुनेछ। पहिलो सेमिफाइनल खेलको पहिलो लेगमा रियल मड्रिड र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ। रियलले च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली हो।
रियलले १३ पटक उपाधि जितिसकेको छ। रियलले पछिल्लोपटक २०१७–१८ मा उपाधि जितेको थियो। चेल्सी एकपटक मात्र च्याम्पियन बनेको छ। चेल्सीले २०११–१२ मा बायर्न म्युनिखलाई पराजित गर्दै उपाधि जितेको थियो।
दोस्रो सेमिफाइनल खेलको पहिलो लिगमा पिएसजी र म्यानचेस्टर सिटीबीच महाभिडन्त हुँदैछ। यी दुबै क्लबले हालसम्म च्याम्पियन्स लिगको उपाधि जितेका छैनन्। दुबै क्लबको लक्ष्य पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा छन्। तर, यी दुई क्लबमध्ये एक क्लबले मात्र फाइनलमा स्थान बनाउनेछ।
पिएसजी गत सिजनको उपविजेता हो। सिटीले हालसम्म फाइनलमा स्थान बनाउन सकेको छैन। यद्यपि, घरेलु लिगमा शानदार प्रदर्शन गरिरहेका र उत्कृष्ट लयमा दुई टोलीमध्ये एक टोलीले उपाधि जितेमा च्याम्पियन्स लिगले नयाँ च्याम्पियन पाउनेछ।