कोरोना महामारीले सबैलाई समस्याग्रस्त बनाएको छ। कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ। कोरोना संक्रमणबाट जोगिनुदेखि लिएर यसको उपचारसम्ममा निकै सावधानी अपनाउनु जरुरी हुन्छ।
यदि कोहि बिरामी परेको खण्डमा लक्षणहरुले पत्ता लगाउनुस कि उसलाई कोरोना भएको छ वा छैन्? पछिल्लो एक वर्षमा कोरोनाको लक्षणमा निकै परिवर्तन देखिएको छ। यो बिमारीबाट जोगीनका लागि पुरानो र नयाँ लक्षणहरुको पहिचान गर्न जरुरी छ।
आउनुहोस कसरी कोरोनाको लक्षण पहिचान गर्ने र कसरी आफुँ कोरोना संक्रमित भए–नभएको पत्ता लगाउने भन्ने जानकारी लिऔ
कोरोनाको पुरानो लक्षण
ज्वरो, घाटी खसखसाउनु वा दुख्नु, सुख्खा खोकी, पखाला, स्वाद वा गन्ध थाहा नपाउनु।
कोरोनाको नयाँ लक्षण
कमजोरी, थकान, शरिर दुखाई, भोक कम लाग्ने, पेटको दुखाई, पखाला, उल्टी वा उल्टी महसूस हुनु, टाउको दुख्नु, आँखा रातो हुनु, कान कम सुनिु आदि।