कोरोना महामारीको बढ्दो संकटबीच ठूला क्रिकेटरहरु आइपिएलबाट बाहिरिने क्रम बढेको छ। सोमबार नै रविचन्द्रन आश्विन, केन रिचार्डसन, एन्ड्र्यू टाय, आडम जम्पालयागतका खेलाडीले आइपिएलका बाँकी खेल नखेल्ने घोषणा गरिसकेका छन्।
यसैबीच, अष्ट्रेलियाका विस्फोटक बयाट्सम्यान डेविड वार्नर र स्टिभ स्मिथसहित अन्य खेलाडीले पनि आइपिएल छोड्ने तयारीमा रहेको खबर बाहिरिएको छ। उनीहरुले आइपिएलका बाँकी खेल छोडेर अष्ट्रेलिया फर्किने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
वार्नर सनराइजर्स हैदरावादको कप्तानी गरिरहेका छन् भने स्मिथ दिल्ली क्यापिटल्सका लागि खेलिरहेका छन्। नाइन न्यूजको रिपोर्टअनुसार अष्ट्रेलियाका ३० खेलाडी, प्रशिक्षक र कमेन्टेटर स्वदेश फर्किने तयारीमा छन्।