भारतीय (कन्नड) फिल्मकी अभिनेत्री शनाया काटवेलाई प्रहरीले पक्राउ गरेको छ। शनायामाथि आफ्नै दाईको हत्या गरेको आरोप छ। प्रहरीले शनायाका दाईको शव शहरको विभिन्न स्थानका सडकमा टुक्रा–टुक्रा पारेर फ्याकेको अवस्थामा बरामद गरेको थियो।
प्रहरीका अनुसार राकेशको काटिएको टाउको देवरागुडीहलको जगंलमा र शरीरको बाँकी भागहरुको टुक्रा हुबली भन्ने स्थानको फरक–फरक स्थान र गदग रोडबाट बरामद भएको थियो। इन्डियन एक्सप्रेसमा प्रकाशीत समाचारअनुसार राकेशको क्रुररतापुर्वक हत्या गरिएको प्रहरीले बताएको छ।
अनुसन्धानको क्रममा प्रहरीले चार आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नियाज अहमद काटीगार, तौसीफ छन्नापुर, अल्ताफ मुल्ला र अमन गिरानीवाले रहेका छन्। अनुसन्धानको क्रममा प्रहरीले हत्यामा राकेशकी बहिनी अर्थात कन्नड अभिनेत्री शनाया काटवेको संलग्नता भेटिएको बताएको छ।
शनायाले यस्तो गर्नुको पछाडी प्रेमसम्बन्ध कारण रहेको बताईदैछ। प्राप्त समाचारअनुसार शनाया र नियाज एकअर्कालाई माया गर्छन्, तर राकेश यो सम्बन्धको पक्षमा थिएनन्। यसै कारण नियाजले राकेशको हत्या गर्ने योजना बनाएका थिए।
९अप्रिलमा शनाया आफ्नो फिल्मको प्रचारप्रसारका लागि हुबली गएकी थिईन त्यसै दिन हत्याको योजना कार्यान्वयन गरिएको थियो। नियाज र उसका साथिहरुले मिलेर राकेशको क्रुररतापुर्वक हत्या गरे र शवलाई टुक्रा पारेर फरक–फरक स्थानमा फ्याकीदिए।