यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। कोरोना महामारी फैलिएको भन्दै विभागले वैशाख १६ गतेदेखि लागु हुने गरी अनलाइन आवेदन प्रणाली बन्द गरेको हो।
विभागले आज सूचना निकालेर अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरेको हो।