नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। त्यस्तै, थप ४ हजार ५ सय २४ जनाको भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र एक हजार ९ एन्टिजेन परीक्षणमा १ सय ६० जना गरी ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना पुगेको छ। कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन्।