गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ। प्रशान्तकी आमाको दार्जीलिङस्थित घरमै निधन भएको हो। ईण्डियन आइडल २००७’ का विजयी प्रशान्त स्वयंमले आमाको निधन भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन्।
उनको बुवाको भने धेरै वर्ष पहिले सवारी दुर्घटनामा निधन भएको थियो। प्रशान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए। त्यसयता आधा दर्जन नेपाली चलचित्रमा काम गरे।
निर्देशक रायमाझीले पनि सामाजिक सञ्जालमा स्टाटस् लेख्दै आमाप्रति ऋद्धाञ्जली दिँदै परिवारमा समवेदना ब्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘हजुरले प्रशान्तलाई जन्म दिनुभएको थियो र त म पनि चलचित्र निर्देशक नारायण रायमाझी भएर चिनिने अवसर प्राप्त गरेको थिएँ।’