गम्भीर रोगका कारण लामो समयदेखी बिरामी अवस्थाम रहेकी प्रचण्डपत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ। उनलाई मगंलबार बिहान ललितपुरस्थित मेडिसिटीमा भर्ना गरेर उपचार भइरहेको छ।
स्वास्थ्यजाँचका क्रममा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको थियो। उनको स्वास्थ्यमा अहिले थोरै सुधार देखिएको चिकित्सकले बताएका छन्।
सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट ग्रसि छिन्। गत पुसमा उनलाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो।