युट्युबमा लाइभ आएर गर्लफ्रेण्डको हत्या गरेका युवकलाई रुसस्थित मस्को अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। मृत्युदण्ड पाउनेमा ३० वर्षीय युट्युबर स्टास रिफ्ले रहेका छन्।
स्तानिस्लाभ रेसेत्निकोभ निकनाम राखेका रिफ्लेले युट्युबमा लाइभ आएर वेश्या भन्दै प्रेमिकालाई कडा यातना दिएका थिए। सोही यातनाका कारण उनकी प्रेमिकाको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ। युट्युबमा लाइभ हेर्नेहरुलाई अझै धेरै यातना दिन ती युवकलाई उस्काएका कारण लाइभ हेर्नेहरुलाई पनि जेल सजाय सुनाइएको छ।
लाइभ भिडियोमा रिफ्लेले प्रेमिका २८ वर्षकी भ्यालेन्टिना ग्रिगोर्येभालाई वेश्या भन्दै यातना दिएका थिए। रुसी सञ्चारमाध्यमहरुले युवतीलाई नग्न अवस्थामा झण्डै शुन्य डिग्री तापक्रम भएको ठाउँमा थुनेर राखिएपछि उनको मृत्यु भएको बताएका थिए।
तर, प्रहरी अनुसन्धानले थी युवतीको मृत्यु टाउकाको चोटका कारण भएको र उक्त चोट ती युट्युबरले यातना दिँदा लागेको जानकारी दिएको छ। रिफ्ले नामका ती रुसी युट्युबरलाई दोषी ठहर गर्दै अदालतले ६ वर्ष दुर्गममा कडा निर्वासनपछि मृत्युदण्डको सजाय सुनाइएको हो।