वाग्मती प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री थपिएका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका हुन्।
थपिएका मन्त्रीहरुको सपथ बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ।