नेकपा एमाले गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापाले गण्डकी प्रदेशको नयाँ गठबन्धन फाटेको धोतीजस्तो भएको टिप्पणी गरेका छन्। प्रदेशसभा बैकठमा बोल्दै उनले यो अप्राकृतिक गठबन्धन जुनसुकै बेला च्यातिन सक्ने बताएका छन्।
‘यो गठबन्धन फाटेको धोतीजस्तो छ, जुनसुकै बेला च्यातिन सक्छ’ उनले भने, ‘ पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव अप्राकृतिक, सत्तालिप्सामा केन्द्रित र प्रदेशका जनताले दिएको अभिमतको विरुद्धमा छ।’
सांसद थापाले प्रदेशको सबैभन्दा ठूलो पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्नु अप्राकृतिक र सत्तालिप्साको उदाहरण भएको जानकारी दिए। अहिलेको सरकारलाई एमालेको २७ र स्वतन्त्र १ सांसद गरी २८ जनाको विश्वास रहेको थापाले रहेको जानकारी दिँदै उनले अविश्वासको प्रस्तावमार्फत राजनीतिक अस्थिरता फैलाउन खोजिएको आरोप लगाए।