गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएका छन्। प्रदेश सभाको विशेष अधिवेसनमा टेबल भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा बुधबार नै मतदान गर्ने कार्यसूची छ।
मतदान गर्ने समयसम्म सांसद शाही अनुपस्थित भए अविश्वासको प्रस्ताव फेल हुन्छ। अविश्वास प्रस्ताव पास हुन ६० सदस्यीय प्रदेश सभामा ३१ मत पु¥याउनुपर्छ। अविश्वास प्रस्तावमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले हस्ताक्षर गरेका छन्।
उक्त प्रस्तावको पक्षमा मतदान गर्न ३ जना सांसद रहेको जनमोर्चा केन्द्रिय समितिले निर्देशन दिएको थियो। गण्डकीमा सरकार जोगाउन वा नया सरकार गठन गर्न जनमोर्चाको भुमिका निर्णायक छ।
त्यसअघि बुधबार नै बसेको पहिलो बैठकमा पनि उनी थिएनन्। उनी सम्पर्कविहीन भएको माओवादी केन्द्रका प्रदेशसभा सदस्य दीपक कोइरालाले जानकारी दिए।
स्वतन्त्र संसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि अनुपस्थित छन्। अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको जनमोर्चाका शाही अनुपस्थित भए अविश्वासको प्रस्ताव फेल हुन सक्छ।