बुधबार सम्पर्कविहीन भएका गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा भेटिएका छन्।
उनी चरक अस्पतालको कोभिड–१९ उपचार गर्ने आईसीयूमा भेटिएका बताइएको छ।
उनी सम्पर्कविहीन भएपछि बुधबार प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ।