बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ। बाँकेका ६ जना र कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो।
यससँगै कोरोनाबाट बाँकेमा ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ। त्यस्तै, रुपन्देहीका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १८४ पुगेको छ। जिल्लामा २२ सय १२ जना सक्रिय संक्रमित छन्। बुधबार मात्रै रुपन्देहीमा ३ सय ८० जना नयाँ संक्रमित थपिएका थिए।