नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीमाथि आक्रोश पोखेका छन्। नेता पौडेलले शाही ठूलो चलखेलमा परेको बताउँदै उनले राष्ट्रिय जनमोर्चाले शमहीलाई कारबाही गर्नुपर्ने बताएका छन्।
‘‘सांसद ठूलो चलखेलमा परे, उनी एक मिनेट पनि सांसद रहनु हुन्न,’ उनले भने, ‘राष्ट्रिय जनमोर्चाले कारबाही चलाउनुपर्छ।’
नेता पौडेलले अविश्वासको प्रस्तावमा मतदान हुने समयमा कोरोना पोजेटिभको कीर्ते रिपोर्ट तयार पारेर राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य शाहीलाई आईसीयूमा राखिएको आरोप लगाए।