दिल्ली– भारतीय सेनाका प्रमुख जनरल एमएम नारावानेले आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्। भेटमा उनीहरूवीच कोविड व्यवस्थापनमा सहयोग पुर्याउन सेनाले लिइरहेका विभिन्न पहलहरूबारे छलफल भयो।।
सेनाको मेडिकल स्टाफ विभिन्न राज्य सरकारलाई उपलब्ध गराइएकोबारे जनरल नारावनेले प्रधानमन्त्रीलाई जानकारी दिए। उनले प्रधानमन्त्रीलाई सेनाले देशका विभिन्न स्थानमा अस्थायी अस्पतालहरू स्थापना गरिरहेको पनि जानकारी गराए।
सेनाले सम्भव भएसम्म नागरिकका लागि अस्पताल खोलेको जनरल एमएम नारावनेले प्रधानमन्त्री मोदीलाई अवगत गराए। नागरिकहरूले उनीहरूको नजिकको सेनाका अस्पतालहरू सम्म पुग्न सक्छबारे पनि उनले छलफलमा स्पष्ट पारे।
जनरल एमएम नारावनेले प्रधानमन्त्रीलाई सेनाले आयातित ऑक्सीजन ट्याङ्कर र सवारी साधनहरूको लागि आवश्यक पर्ने दक्ष जनशक्ति सहयोग गरिरहेको पनि बताए।