गण्डकी प्रदेशमा मन्त्रीपरिषद् विस्तार भएको छ। प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। ‘गुण्डा नाइके’ दीपक मनाङेलाई एमालेलाई मन्त्री पदकाे ‘उपहार’ दिएकाे हाे।
मुख्यमन्त्रीले मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद दीपक मनाङे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन्। उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको हो।
मुख्यमन्त्री गुरुङले आफ्नाे सत्ता धरमर भएपछि गुण्डा नाइके मनाङेलाई मन्त्री पद दिएका हुन्। मनाङबाट एमालेकाे समर्थनमा स्वतन्त्र सांसद जितेका मनाङेले यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध परेकाे अविश्वासका पक्षमा मतदान गर्ने जनाउ दिएका थिए।