नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार ९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५९७ पीसीआर परीक्षणमा ४ हजार ८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९२८ जना संक्रमित भेटिएका हुन्।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस ८ सय ८ड जनाले कोरोना जितेका छन्।