जिल्लामा कोरोना संक्रमित बढेपछि सुनसरी प्रशासनले निषेधाज्ञा लगाउने भएको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र शुक्रबार १२ बजे रातिदेखि यही २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए।
यो अवधिमा अत्यावश्यकबाहेक हिँडडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सर्वसाधारणलाई कतै ननिस्की घर बस्ने आदेश जारी गरिएको छ भने सरकारी कार्यालयहरुमाथिको निर्देशन आलोपालो गरेर सेवा प्रभाव गर्न भनिएको छ।
सवारी साधन जोरविजोर प्रमाणीमा मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासनले जनाएको छ । यता खाद्यान्नका पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न दिइने छ। सिमानाबाट संक्रमण आउने खतरा टार्न जिल्लाको भण्टाबारी नाकाबाट विदेशी नागरिकलाई प्रवेश निषेध गरिएको छ।