पूर्वरानी कोमल शाहको स्वास्थ्यवस्था बिग्रिँदै गएको छ। कोरोना संक्रमित शाहको बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ।
अक्सिजनको कमी भइ श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बुधबार साँझदेखि आइसियूमा राखेक उपचार गरिएको थियो। शाहलाई उच्च मात्रामा अक्सिजन दिईरहेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य रहेको बताइएको छ। उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन्। पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भइसकेको छ।