उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर अहिले निषेधाज्ञाको चपेटामा छन्। कोभिड–१९ को दोस्रो भेरियन्ट शुरु भएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ।
जसका कारण सर्वसाधारण निकै ठूलो संकटसँग जुध्न विवश छन्। निषेधाज्ञा जारी भएको दोस्रो दिन शुक्रबार काठमाडौंका सडक अत्यावश्यकीय सामग्री बोक्ने सवारीसाधनमात्रै सञ्चालनमा आएका छन्।
तर, श्रमजीवी नागरिक आफ्नो दैनिकीको जोहो गर्न स्वतःस्फूर्त सडकमा निस्किएका छन्। सरकारी अंकुशका बाबजुद सर्वसाधारण लुकीछिपी काम गरिरहेका देखिन्छन्। नेपाली पब्लिकका फोटो पत्रकार रिषभ ओझाले आफ्नो क्यामेरामा कैद गरेका केही तस्वीरः