कोरोना संक्रमणबाट दैलेखमा गर्भवती महिलाको मृत्यु भएको छ। जिल्लाको नारायण नगरपालिका–६ की २७ वर्षीया महिलाको मृत्यु भएको हो।
उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा आज मृत्यु भएको हो। स्वास्थ्य सेवा कार्यालय प्रमुख थिरप्रसाद रेग्मीका अनुसार उनी १० महिनाको गर्भवती थिइन्।
बिरामी परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएकामा जाँच गर्दा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए।